बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नारायणी डेभलपमेन्ट बैंक ५ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा, ब्याज आम्दानी पनि ऋणात्मक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २७ २०८३
नारायणी डेभलपमेन्ट बैंक ५ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा, ब्याज आम्दानी पनि ऋणात्मक

सार्वजनिक विवरण अनुसार बैंकले समीक्षा अवधिमा ५ करोड ३७ लाख ९६ हजार ८८१ रुपैयाँ  घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नोक्सानी ३ करोड ८३ लाख ३६ हजार ३६९ रुपैयाँ रहेको थियो। यस अनुसार बैंकको खुद नोक्सानी ४०.३३ प्रतिशतले बढेको छ।

काठमाडौं- नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनिक विवरण अनुसार बैंकले समीक्षा अवधिमा ५ करोड ३७ लाख ९६ हजार ८८१ रुपैयाँ  घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नोक्सानी ३ करोड ८३ लाख ३६ हजार ३६९ रुपैयाँ रहेको थियो। यस अनुसार बैंकको खुद नोक्सानी ४०.३३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको वित्तीय सूचकहरूमा दबाब कायमै रहेको देखिएको छ। बैंकको कुल ब्याज आम्दानी २ करोड २८ लाख ७७ हजार ३२१ रुपैयाँ रहेको छ। भने ब्याज खर्च २ करोड ५६ लाख ७६ हजार ३६५ रुपैयाँ पुग्दा खुद ब्याज आम्दानी २७ लाख ९९ हजार ४४ रुपैयाँ घाटामा रहेको छ। 

त्यसैगरी, खुद फि तथा कमिशन आम्दानी ३ लाख ७६ हजार ७२९ रुपैयाँ रहेको छ भने अन्य सञ्चालन आम्दानी ३ लाख ४ हजार २८१ रुपैयाँ छ। इम्पेरमेन्ट चार्ज घट्दा बैंकको सञ्चालन नोक्सानी ४ करोड ५६ लाख ३७ हजार ९१५ रुपैयाँमा सीमित भएको छ। बैंकको कुल खुद सञ्चालन नोक्सानी २५ लाख ६९ रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा घटेर २५ लाख ६९ हजार रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिसम्ममा बैंकको चुक्ता पुँजी १०० प्रतिशतले बढेर ५२ करोड ४९ लाख ९३ हजार ५५ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष २६ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको थियो। चुक्ता पुँजी बढे तापनि ऋणात्मक जगेडा कोष अझ बढेर ५२ करोड २३ लाख ४० हजार १०५ रुपैयाँ पुगेको छ। 

असार मसान्तसम्ममा बैंकले ५९ करोड ३३ लाख ९३ हजार ९३८ रुपैयाँ निक्षेप संकलन गरी १५ करोड ३७ लाख ४१ हजार ५३० रुपैयाँ कर्जा लगानी गरेको छ। 

बैंकको नगद तथा नगद सरहको मौज्दात ३९ करोड ५० लाख २८ हजार ८६९ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ७७ करोड ३५ लाख ४९ हजार २७४ रुपैयाँ पुगेको छ। दायित्वतर्फ बैंकको अन्य दायित्व ३ करोड ८४ लाख ३६ हजार ९६ रुपैयाँ रहेको छ।

बैंकको मुख्य वित्तीय अनुपातहरू अनुसार प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८७ पैसा ऋणात्मक रहेको छ। अघिल्लो वर्ष १४ रुपैयाँ ६१ पैसा ऋणात्मक रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ८ पैसा छ।

यसैगरी बैंकको खराब कर्जाअनुपात घटेर ४८.४९ प्रतिशतमा आएको छ। जुन अघिल्लो वर्ष ५०.९७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा बैंकको आधार दर १०.०७ प्रतिशत, कोषको लागत  ४.७४ प्रतिशत, निक्षेप तथा कर्जा अनुपात ४९.३४ प्रतिशत, ब्याजदर अन्तर ३.७६ प्रतिशत र पुँजी कोष अनुपात २९.४१ प्रतिशत कायम भएको छ। 


प्रकाशित : बुधबार, साउन २७ २०८३१२:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend