बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेपाल रिपब्लिक मिडिया ३ करोड ७ लाख रुपैयाँ घाटामा, प्रतिसेयर आम्दानी ३ रुपैयाँ १८ पैसा ऋणात्मक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २७ २०८३
नेपाल रिपब्लिक मिडिया ३ करोड ७ लाख रुपैयाँ घाटामा,  प्रतिसेयर आम्दानी  ३ रुपैयाँ १८ पैसा ऋणात्मक

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ३ करोड ७ लाख २० हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ। जुन नाफाबाट घाटातर्फ १३४५.७५ प्रतिशतको ठूलो गिरावट हो।

काठमाडौं- नेपाल रिपब्लिक मिडिया लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधि असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले खुद घाटामा छ। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ३ करोड ७ लाख २० हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ। जुन नाफाबाट घाटातर्फ १३४५.७५ प्रतिशतको ठूलो गिरावट हो।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानीमा भने ४.७६ प्रतिशतको केही सुधार आएको छ। कम्पनीले चौथो त्रैमाससम्ममा ११ करोड ३६ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको १० करोड ८४ लाख ७९ हजार रुपैयाँको तुलनामा बढेको हो। यद्यपि बिक्री लागत ४.७६ प्रतिशतले बढेर ४ करोड ७७ लाख १८ हजार रुपैयाँ पुग्नुका साथै अन्य आम्दानीमा ८६.१९ प्रतिशतको भारी गिरावट आएकाले खुद नाफामा दबाब परेको हो। कम्पनीले सरकारले निजी मिडियालाई दिने विज्ञापनमा व्यापक कटौती गरेका कारण मुख्य आम्दानी प्रभावित भएको जनाएको छ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँमा स्थिर रहेको छ भने रिटेन्ड अर्निङ्स ५.७५ प्रतिशतले ऋणात्मक भई ३१ करोड ३५ लाख रुपैयाँ कायम भएको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २५ पैसा धनात्मकबाट १३७२ प्रतिशतले घटेर ३ रुपैयाँ १८ पैसा ऋणात्मक भएर ३.१८ पुगेको छ। यसैगरी समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ३.२४ प्रतिशतले घटेर ८५ रुपैयाँ ५५ पैसा कायम भएको छ। कुल सम्पत्ति २.५० प्रतिशतले घटेर १ अर्ब १८ करोड ८० लाख रुपैयाँमा समेटिएको छ।


प्रकाशित : बुधबार, साउन २७ २०८३१२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend