बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा गाडी पारखीको उत्साह [तस्बिरहरू]

मंगलबार, साउन २६ २०८३
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा गाडी पारखीको उत्साह [तस्बिरहरू]

एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन समेटिएको छ। यात्रुबाहक विद्युतीय गाडी पनि राखिएका छन्।

काठमाडौं- नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करण आज मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। आउँदो ३१ गतेसम्म आयोजना हुने एक्स्पोमा गाडी पारखीहरूको उत्साहजनक सहभागिता देखिएको छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भइरहेको एक्स्पोमा ५२ वटा स्टल छन्।

एक्स्पोमा ५५ वटाभन्दा बढी सवारी ब्रान्ड सहभागी छन्। करिब ५० वटा नयाँ सवारी सार्वजनिक गरिने एक्स्पोमा पहिलो दिन नै दर्जनौँ ब्रान्डका नयाँ सवारी मूल्यसहित सार्वजनिक गरिएको छ। एक्स्पोमा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ मोडल रहेका छन्।

एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन समेटिएको छ। यात्रुबाहक विद्युतीय गाडी पनि राखिएका छन्।

पहिलोपटक आयोजना हुँदा नै 'नाइमा नेपाल मोबिलिटी एक्स्पो'ले अवलोकनकर्तामाझ आफ्नो पृथक परिचय स्थापित गरेको थियो। यो वर्ष गत वर्षभन्दा व्यवस्थित देखिएको पहिलो दिन एक्स्पो अवलोकन गर्न आएकाहरुको भनाइ छ। उद्घाटनदेखि नै व्यवस्थित व्यवस्थापन र मोबिलिटी एक्स्पोका लागि तय गरिएका स्टल, आवागमन र उपलब्ध स्पेसले सवारी प्रदर्शनीलाई भिन्न देखाएको छ। 

naima show (30).jpg

प्रदर्शनीमा सहभागी चारपांग्रे सवारी ब्रान्डहरूमा आर्कफक्स, बीएआईसी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, होनरी बोमा, हुन्डाई, आईकार, केई, किया, लिपमोटर, महिन्द्रा, म्याक्सस, एमजी जीओ अटोमोबाइल्स, एमजी पारामाउन्ट मोटर्स, निसान, ओमोडा एन्ड जेइको, प्युजो, प्रोटोन, टाटा, टोयोटा, विलिङ र जिकरलगायत छन्।

त्यस्तै दुईपांग्रेतर्फ, एथर, बजाज, सीएफमोटो, जीहो, गारो, होन्डा, केरेन, केटीएम, मर्बिडेली, उनआईयू, प्युजो, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया, एक्सजेड मोटो र व्यावसायिक सवारीसाधन ब्रान्डहरूमा चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ रहेका छन्।

naima show (2).jpg
naima show (3).jpg
naima show (4).jpg
naima show (5).jpg
naima show (6).jpg
naima show (7).jpg
naima show (8).jpg
naima show (9).jpg
naima show (10).jpg
naima show (11).jpg
naima show (12).jpg
naima show (13).jpg
naima show (14).jpg
naima show (15).jpg
naima show (16).jpg
naima show (17).jpg
naima show (18).jpg
naima show (19).jpg
naima show (20).jpg
naima show (21).jpg
naima show (22).jpg
naima show (23).jpg
naima show (24).jpg
naima show (25).jpg
naima show (26).jpg
naima show (27).jpg
naima show (28).jpg
naima show (29).jpg


प्रकाशित : मंगलबार, साउन २६ २०८३१९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend