बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोलिदेखि देशभरका सुजुकी सर्भिस सेन्टरमा ‘सुजुकी मनसुन सर्भिस क्याम्प’

मंगलबार, साउन २६ २०८३
भोलिदेखि देशभरका सुजुकी सर्भिस सेन्टरमा ‘सुजुकी मनसुन सर्भिस क्याम्प’

सर्भिस क्याम्पमा पार्ट्स र लुब्रिकेन्टमा १० प्रतिशत छुट, लेबरमा २० प्रतिशत छुट, निःशुल्क  जनरल जाँच, एसी र ब्याट्री जाँच, साथै ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीमा विशेष ध्यान एक्सेसरिजमा १५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।

काठमाडौं- सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत बिक्रेता सीजी मोटोकर्पले साउन भोलि अर्थात २७ देखि २९ गतेसम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष मनसुन निःशुल्क सर्भिस क्याम्प आयोजना गर्दैछ।

भारी मनसुनी वर्षाले सवारीसाधनमा चाप र जोखिम बढाउँदै गर्दा यो अभियानले समयमै मर्मतसम्भारमा जोड दिँदै वर्षायाममा ग्राहकको सुरक्षा र सुविधालाई प्राथमिकता दिने विश्वास कम्पनीको छ। 

तीन दिनसम्म सुजुकीका ग्राहकहरूले ब्रेक, टायर, वाइपर, इन्जिन र इलेक्ट्रिकल प्रणाली लगायत वर्षायाममा बढी जोखिममा पर्ने भागहरूको निःशुल्क जाँच, विशेषज्ञ मर्मत सल्लाह र पार्ट्स तथा सर्भिसमा विशेष छुटको सुविधा पाउनेछन्। कम्पनीले वर्षायाममा सवारीसाधन कन्डिसनमै राख्न सबै सुजुकी धनीहरूलाई यस अवसरको लाभ लिन आग्रह गरेको छ।

नेपालमा मनसुन सवारीसाधनका लागि सबैभन्दा चुनौतीपूर्ण समय हो। यस अभियानमार्फत हाम्रो उद्देश्य ग्राहकलाई सर्भिस सुविधा प्रदान गर्नु मात्र नभई मर्मतसम्भार र वर्षायाममा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्नु रहेके सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले बताए। 

सर्भिस क्याम्पमा पार्ट्स र लुब्रिकेन्टमा १० प्रतिशत छुट, लेबरमा २० प्रतिशत छुट, निःशुल्क  जनरल जाँच, एसी र ब्याट्री जाँच, साथै ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीमा विशेष ध्यान एक्सेसरिजमा १५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।  

साथै क्याम्पका क्रममा सुजुकीले तीन जना ग्राहकलाई आकर्षक उपहार प्रदान गर्ने जनाएको छ। यो क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ। जुन नेपालको सबैभन्दा ठूलो अटोमोटिभ सर्भिस सञ्जाल हो।


प्रकाशित : मंगलबार, साउन २६ २०८३१७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend