बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एक वर्षमा १३ करोड रूपैयाँभन्दा बढीको अवैध सामान बरामद

मंगलबार, साउन २६ २०८३
एक वर्षमा १३ करोड रूपैयाँभन्दा बढीको अवैध सामान बरामद
फाइल तस्बिर

प्रहरीले आठवटा सवारीसाधनसहित एक हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरेको थियो।

झापा- सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा १३ करोड नौ लाख १८ हजार ४४१ रूपैयाँ मूल्यबराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो। सोही अवधिमा एक करोड ४२ लाख ११ हजार ८८ रूपैयाँ मूल्यबराबरको अवैध काठ बरामद गरी दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए।

प्रहरीले आठवटा सवारीसाधनसहित एक हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरेको थियो।

अवैध उत्खनन नियन्त्रणतर्फ ८० वटा सवारीसाधन नियन्त्रणमा लिइ २५ लाख ५० हजार जरिवाना असुल गरिएको सशस्त्र प्रहरी बल, नेपाल दुई नं. गण, झापाले जानकारी दिएको छ। रासस


प्रकाशित : मंगलबार, साउन २६ २०८३१७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend