बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मूल बीउ बचाउन कोदोखेती

मंगलबार, साउन २६ २०८३
मूल बीउ बचाउन कोदोखेती

गण्डकी प्रदेशमै मूल बीउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलोपटक ३० रोपनी जमिनमा कोदोखेती सुरु गरिएको हो।

स्याङ्जा- स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका-१ मा कोदोखेती सुरु गरिएको छ। 

गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमै मूल बीउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलोपटक ३० रोपनी जमिनमा कोदोखेती सुरु गरिएको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिए।

'पछिल्लो समय कोदोको माग बढ्दो क्रममा छ', उनले भने, 'कृषकको मागलाई मध्यनजर गर्दै नेपाल सरकारले सिफारिस गरेको ‘काभ्रे २’ जातको कोदोको मूल बीउ उत्पादन गर्ने गरी अहिले कोदो रोप्ने काम भइरहेको छ।'

बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आइरहेको कार्यालयले विशेषगरी कृषि प्राविधिक, कर्मचारी, बीउ उत्पादक समूह, सहकारी व्यावसायिक कृषकहरुलाई बीउ उत्पादन गर्दा आइपर्ने समस्या, रोग, कीरा, मलखाद्य, प्रशोधन तथा बजारीकरणसम्बन्धीका विषयमा प्रयोगात्मक ज्ञानसमेत दिने गरी अगाडि बढिएको उनले बताए।

'जग्गा व्यवस्थापन, बीउको छनोटदेखि लिएर बजारीकरणसम्मका सम्पूर्ण प्रक्रिया कार्यालयमार्फत हुन्छ', उनले भने, 'बीउ उत्पादक कृषक, समूह सहकारीले यस कार्यालयले गरेका गतिविधिहरु हेरेर, बुझेर आफूले आफ्नो व्यावसायलाई अझै व्यवस्थित गर्दै लैजानका लागि सहज हुने विश्वास लिएका छौँ।' रासस


प्रकाशित : मंगलबार, साउन २६ २०८३१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend