काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष को सोही अवधिको तुलनामा २९.०८ प्रतिशतको वृद्धि हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६१ करोड ७४ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने सञ्चालन आम्दानी १७.३१ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ३५ लाख ४३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १ अर्ब ३० करोड ७२ लाख ४६ हजार रुपैयाँ रहेको थियो।
यस्तै बीमा दाबी बापतको ९ लाख रुपैयाँ आम्दानीसहित कम्पनीको कुल मुनाफा १२.०३ प्रतिशतले बढेर १ अर्ब ५ करोड १५ लाख ४९ हजार रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा १२.३६ प्रतिशतले वृद्धि भइ १ अर्ब २ लाख १२ हजार रुपैयाँ कायम भएको छ भने वित्तीय खर्च १७.३८ प्रतिशतले घटेर २० करोड १९ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ।
वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी अघिल्लो वर्षको २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँबाट २० प्रतिशतले बढेर ३ अर्ब १२ करोड ३२ लाख ५८ हजार रुपैयाँ पुगेको छ।
नाफामा सुधार आउँदा कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १६.८९ रुपैयाँको तुलनामा ५१.१० प्रतिशतले बढेर २५.५२ रुपैयाँ कायम भएको छ।
त्यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ ७८ पैसा रहेको छ। हालको अनुपात २.५१ र मूल्य आम्दानी अनुपात २२.२९ गुणा रहेको छ।
समीक्षा अवधिमा कम्पनीको जगेडा तथा सञ्चित कोष पनि १७.९२ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ५९ लाख ४१ हजार रुपैयाँ पुगेको छ।