बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सोमबार दुईसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ६ हजार ४ सयले बढ्यो

मंगलबार, साउन २६ २०८३
सोमबार दुईसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ६ हजार ४ सयले बढ्यो

मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- यो साता आइतबार उच्च वृद्धि भएर सोमबार सामान्य घटेको सुनको मूल्य मंगलबार पुन: उकालो लागेको छ।

मंगलबार सुनको मूल्य तोलामा ६ हजार ४ सय रूपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार ९ सय रूपैयाँ पुगेको छ।

यो साता आइतबार सुन तोलामा ४ हजार ८ सय रूपैयाँले उकालो लाग्दै प्रतितोला ३ लाख १ हजार ७ सय रूपैयाँ पुगेको थियो। यस्तै, सोमबार दुईसय रूपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार र सोमबार निरन्तर बढेको चाँदीको मूल्य पनि मंगलबारसमेत वृद्धि भएको छ।

मंगलबार चाँदी तोलामा ११० रूपैयाँले महँगिँदै प्रतितोला ४ हजार ७८० रूपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला ४ हजार ६७० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, साउन २६ २०८३११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend