बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

इष्टर्न हाइड्रोपावरको नाफा १४८ प्रतिशतले बढ्यो, मूल्य आम्दानी अनुपात ९६.२२ गुणा

मंगलबार, साउन २६ २०८३
इष्टर्न हाइड्रोपावरको नाफा १४८ प्रतिशतले बढ्यो, मूल्य आम्दानी अनुपात ९६.२२ गुणा

हाल ६२ करोड रूपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १.३९ रूपैयाँबाट बढेर ३.४५ रूपैयाँ कायम भएको छ।

काठमाडौं- इष्टर्न हाइड्रोपावर लिमिटेडको खुद नाफा १४८.२१ प्रतिशतले बढेर २ करोड रूपैयाँ नाघेको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा २ करोड १३ लाख ८१ हजार रूपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीको खुद नाफा ८६ लाख १४ हजार रूपैयाँ मात्र रहेको थियो।

गत आर्थिक वर्षमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १५.२५ प्रतिशतले बढेर १४ करोड ९० लाख २० हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष १२ करोड ९३ लाख २ हजार रूपैयाँ रहेको थियो। 

विद्युत बिक्री आम्दानीमा आएको सुधारसँगै कम्पनीको कुल मुनाफा पनि ७.३५ प्रतिशतले  बढेर १२ करोड ५४ लाख ९४ हजार रूपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन नाफामा ८६.४६ प्रतिशतको वृद्धिसहित ६ करोड १७ लाख ५३ हजार रूपैयाँ पुगेको छ भने वित्तीय खर्च २३.२१ प्रतिशतले घटेर ४ करोड ३ लाख २४ हजार रूपैयाँमा झरेको छ।

हाल ६२ करोड रूपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १.३९ रूपैयाँबाट बढेर ३.४५ रूपैयाँ कायम भएको छ।

त्यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ १.५६ प्रतिशतले बढेर ७६.१३ रूपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ०.५७ प्रतिशतले बढेर १७४ रूपैयाँ १० पैसा पुगेको छ।

कम्पनीको मूल्य आम्दानी अनुपात ९६.२२ गुणा रहेको छ। कुल सम्पत्ति १ अर्ब ७ करोड ९४ लाख ७३ हजार रूपैयाँ पुगेको छ।


प्रकाशित : मंगलबार, साउन २६ २०८३११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend