काठमाडौं- चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफामा वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीको खुद नाफा ६.४३ प्रतिशतले बढेर ७२ करोड ५ लाख ९ हजार रूपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीले ६७ करोड ६५ लाख २० हजार रूपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने सञ्चालन आम्दानी ३.७२ प्रतिशतले ले बढेर १ अर्ब १६ करोड ७६ लाख ३२ हजार रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष १ अर्ब १२ करोड ५७ लाख ७ हजार रूपैयाँ रहेको थियो।
कम्पनीको कुल मुनाफा ९१ करोड २४ लाख ३४ हजार रूपैयाँ र सञ्चालन मुनाफा ७५ करोड ५ लाख ५० हजार रूपैयाँ रहेको छ। कम्पनीको वित्तीय आम्दानी १३ करोड ५९ लाख २७ हजार रूपैयाँ छ।
वित्तीय विवरण अनुसार ९ अर्ब ४८ करोड ४९ लाख ८८ हजार रूपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ७.५९ रूपैयाँ कायम भएको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ६४.१५ गुण रहेको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २३ रूपैयाँ ९० पैसा पुगेको छ। तरलता अनुपात २५.९५ प्रतिशत रहेको छ। कम्पनीको सञ्चित कोषमा २ अर्ब २६ करोड ७२ लाख ४५ हजार रूपैयाँ रहेको छ।