धनुषा- जनकपुरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ।
लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा संस्थाले ५ करोड १३ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा संस्थाले ७ करोड १६ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो। संस्थाको खुद नाफा २८.३२ प्रतिशतले घटेर ५ करोड १३ लाख ५७ हजार रूपैयाँमा सीमित भएको छ।
सो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २४ करोड ५६ लाख ४७ हजार रूपैयाँ रहेको छ भने कुल सञ्चालन आम्दानी २७ करोड १ लाख ३९ हजार रूपैयाँ पुगेको छ।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ३३ लाख ६७ हजार रूपैयाँ रहेको छ। त्यस्तै, चुक्तापुँजी २५ करोड ५८ लाख ४३ हजार रूपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ७ लाख ९८ हजार रूपैयाँ सञ्चित रहेको छ।
वित्तीय विवरणअनुसार संस्थाको प्रतिसेयर आम्दानी वार्षिक २०.०७ रूपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ५५.६५ गुणा रहेको छ। त्यसैगरी संस्थाको प्रतिसेयर नेटवर्थ १ सय ६७ रूपैयाँ ९१ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४ सय ९० रूपैयाँ ८२ पैसा रहेको छ।
संस्थाको निष्क्रिय कर्जा ९.८९ प्रतिशत रहेको छ भने पुँजी कोष अनुपात ११.५० प्रतिशत र तरलता अनुपात १२.८९ प्रतिशत कायम भएको छ।
लघुवित्तले मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, पर्सा र बारा गरी ७ जिल्लालाई कार्यक्षेत्र बनाएर ५५ वटा शाखा कार्यालयमार्फत ६६ हजारभन्दा बढी सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।