काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले 'विश्वकप फुटबल २०२६' को अवसरमा सञ्चालन गरेको 'स्क्यानमा सुन अभियान' अन्तर्गत तीन भाग्यशाली विजेतालाई सुनको बल हस्तान्तरण गरेको छ।
लक्की ड्रमार्फत छनोट भएका तीनजना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो। अभियानअन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा तेस्रो विजेता सबिना थापालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ।
कम्पनीका अनुसार 'स्क्यानमा सुन अभियान'मा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो। एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू लक्की ड्रमा सहभागी भएका थिए।
सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो। उक्त योजनाअन्तर्गत समिरचन्द्र शर्मा पौडेल भाग्यशाली विजेताका रूपमा घोषित भएका छन्।
एक्सट्रिम इनर्जी ड्रिंक नेपाली बजारमा युवा पुस्तामाझ लोकप्रिय इनर्जी ड्रिंक ब्रान्डका रूपमा स्थापित हुँदै आएको कम्पनीको भनाइ छ। खेलकुद, मनोरञ्जन तथा उपभोक्ता सहभागितामूलक अभियानमार्फत ब्रान्डले आफ्ना ग्राहकसँग अझ सशक्त सम्बन्ध निर्माण गर्दै आइरहेको छ।