बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेरुडे मिर्मिरे लघुवित्त २३ करोड ५९ लाख रूपैयाँ नाफामा, प्रतिसेयर आम्दानी पनि बढ्यो

सोमबार, साउन २५ २०८३
नेरुडे मिर्मिरे लघुवित्त २३ करोड ५९ लाख रूपैयाँ नाफामा, प्रतिसेयर आम्दानी पनि बढ्यो

असार मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी २२८.८५ प्रतिशतले बढेर १६.८८ रूपैयाँ कायम भएको छ।

काठमाडौं- अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्थामा सुधार देखिएको छ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अर्थात् असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १८ करोड २५ लाख ३९ हजार ३०१ रूपैयाँ घाटामा रहेको संस्थाले समीक्षा अवधिमा उल्लेख्य सुधार गर्दै २२९.२३ प्रतिशत नाफा कमाएको छ। कम्पनीले गत वर्ष २३ करोड ५९ लाख १ हजार ४ सय २५ रूपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको खुद ब्याज आम्दानी  १२.९९ प्रतिशतले घटेर १ अर्ब २९ करोड ४३ लाख ६२ हजार ४९२ रूपैयाँ कायम भएको छ। अघिल्लो वर्ष संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ४४ करोड ८८ लाख ३७ हजार रूपैयाँ थियो। 

यद्यपि, संस्थाको कुल सञ्चालन आम्दानी ९.७० प्रतिशतले घटेर १ अर्ब ५१ करोड ३५ लाख ७ हजार ९४८ रूपैयाँ पुगेको भए पनि इम्पेयरमेन्ट चार्जमा ८४.३० प्रतिशतको ठूलो गिरावट आउँदा र असुलीमा सुधार हुँदा सञ्चालन मुनाफा तथा खुद नाफामा उच्च सकारात्मक प्रभाव परेको देखिन्छ।

असार मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी २२८.८५ प्रतिशतले बढेर १६.८८ रूपैयाँ कायम भएको छ। जुन अघिल्लो वर्ष १३.०६ रूपैयाँ ऋणात्मक रहेको थियो। संस्थाको प्रतिसेयर नेटवर्थ ५.३९ प्रतिशतले बढेर १ सय ८६ रूपैयाँ ५९ पैसा पुगेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको निष्क्रिय कर्जा ११.७८ प्रतिशत विन्दुले घटेर १९.८६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३१.६४ प्रतिशत रहेको थियो।

हाल १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार २७२ रूपैयाँ चुक्तापुँजी रहेको यस लघुवित्तको जगेडा कोष ०.७६ प्रतिशतले घटेर १ अर्ब ३३ करोड २२ लाख ८७ हजार ०८७ रूपैयाँ सञ्चित छ।

संस्थाको निक्षेप संकलन १९.१९ प्रतिशतले बढेर ७ अर्ब ६९ करोड ६७ लाख २७ हजार ८६८ रूपैयाँ पुगेको छ भने कर्जा प्रवाह ०.९८ प्रतिशतले घटेर १९ अर्ब ३२ करोड २३ लाख ८० हजार ८२५ रूपैयाँ कायम भएको छ। संस्थाले निष्कृय कर्जा व्यवस्थापन तथा वित्तीय सूचकहरूमा सुधार ल्याएको छ।


प्रकाशित : सोमबार, साउन २५ २०८३११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend