बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' को अन्तिम तयारी धमाधम [तस्बिरहरू]

सोमबार, साउन २५ २०८३
'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' को अन्तिम तयारी धमाधम [तस्बिरहरू]

अपांगता भएका व्यक्तिहरूका लागि समेत सहज र उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिएको छ। आगन्तुकहरूको सहजताका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ।

काठमाडौं- भोलि मंगलबारदेखि आउँदो ३१ गतेसम्म भृकुटीमण्डपमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी लगभग पूरा भएको छ। ६ दिनसम्म चल्ने सवारी मेलामा ५५ वटा दुईपांग्रे तथा चारपांग्रे नयाँ सवारी सार्वजनिक हुने छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन लागेको एक्स्पोमा ५२ वटा स्टल रहने छन्। एक्स्पोमा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ मोडल सार्वजनिक हुँदै छन्।

नाइमाका अनुसार एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ। यात्रुबाहक विद्युतीय गाडी पनि अवलोकनकर्ताले एक्स्पोमा देख्न पाउने छन्। 

प्रदर्शनीमा सहभागी चारपांग्रे सवारी ब्रान्डहरूमा आर्कफक्स, बीएआईसी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, होनरी बोमा, हुन्डाई, आईकार, केई, किया, लिपमोटर, महिन्द्रा, म्याक्सस, एमजी जीओ अटोमोबाइल्स, एमजी पारामाउन्ट मोटर्स, निसान, ओमोडा एन्ड जेइको, प्युजो, प्रोटोन, टाटा, टोयोटा, विलिङ र जिकरलगायत छन्। 

naima tayari  (1).jpg

त्यस्तै दुईपांग्रेतार्फ, एथर, बजाज, सीएफमोटो, जीहो, गारो, होन्डा, केरेन, केटीएम, मर्बिडेली, उनआईयू, प्युजो, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया, एक्सजेड मोटो र व्यावसायिक सवारीसाधन ब्रान्डहरूमा चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ रहेका छन्। 

नाइमाले मनसुनलाई ध्यानमा राख्दै एक्स्पोमा विशेष व्यवस्था गरिएको बताएको छ। अपांगता भएका व्यक्तिहरूका लागि समेत सहज र उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिएको छ।

आगन्तुकहरूको सहजताका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ। प्रदर्शनी कक्षमा फुडकोटदेखि पुलिस क्लबको हलमा अटोमोबाइल र मोबिलिटी सम्बन्धी हरेक दिन सिकाइ सेसनहरु हुनेछन्।  

naima tayari  (2).jpg
naima tayari  (3).jpg
naima tayari  (4).jpg
naima tayari  (5).jpg
naima tayari  (6).jpg
naima tayari  (7).jpg
naima tayari  (8).jpg
naima tayari  (10).jpg
naima tayari  (11).jpg
naima tayari  (12).jpg


प्रकाशित : सोमबार, साउन २५ २०८३१९:१४
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # naima
  • # naima2026
  • # autoshow


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend