बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

स्नो रिभर्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ११ रूपैयाँ ९३ पैसा

सोमबार, साउन २५ २०८३
स्नो रिभर्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ११ रूपैयाँ ९३ पैसा

कम्पनीको कुल नाफा २७३.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १११.३९ प्रतिशत बढेको छ।

काठमाडौं- स्नो रिभर्स लिमिटेडको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा शतप्रतिशत बढेको छ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको अन्त्यसम्ममा कम्पनीले ३७ करोड ७५ लाख रूपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९५ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ६९ लाख रूपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि  बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २४१.५० प्रतिशत बढेर ११ करोड १८ लाख रूपैयाँ पुगेको छ। 

त्यस्तै, कम्पनीको कुल नाफा २७३.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १११.३९ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५७.७७ प्रतिशत बढेको छ। ९३ करोड ७५ लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ३३ लाख रूपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रूपैयाँ ५६ पैसा बढेर ११ रूपैयाँ ९३ पैसा पुगेको छ।

चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रूपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६५.३१ गुणा रहेको छ।


प्रकाशित : सोमबार, साउन २५ २०८३१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend