बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्य : कपन वर्कसपमा वार्षिक १ लाख ४० हजार युनिट सौर्य ऊर्जा उत्पादन हुने

सोमबार, साउन २५ २०८३
सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्य : कपन वर्कसपमा वार्षिक १ लाख ४० हजार युनिट सौर्य ऊर्जा उत्पादन हुने

सम्झौता भएको ३ महिनाको छोटो अवधिमै निर्माण सम्पन्न भइ सञ्चालनमा आएको यस प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको छ। जसले वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन गर्दै कार्बन उत्सर्जन घटाउन ठूलो योगदान पुर्‍याउनेछ।

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रालि बीचको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ केडब्लूपी क्षमताको रूफटप सोलार पिभी प्लान्ट सञ्चालनमा ल्याइएको छ।

उक्त ८६.४ केडब्लूपी  रूफटप सोलार पीभी प्लान्टको आइतबार आयोजित एक कार्यक्रमबीच सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठ र प्राइम रिन्युएबल्स प्रालिका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरे।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको छ, तर वास्तविक दिगोपनका लागि स्वच्छ ऊर्जाको सम्पूर्ण ईभी इकोसिस्टम नै आवश्यक हुन्छ। यो परियोजनाले नेपालमा ईभी विकासको यात्रालाई अर्को महत्वपूर्ण चरणमा पुर्‍याएको छ।

सम्झौता भएको ३ महिनाको छोटो अवधिमै निर्माण सम्पन्न भइ सञ्चालनमा आएको यस प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको छ। जसले वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन गर्दै कार्बन उत्सर्जन घटाउन ठूलो योगदान पुर्‍याउनेछ।

कार्यक्रममा  सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजन बाबु श्रेष्ठले सिप्रदीले केवल विद्युतीय सवारीसाधनको बिक्री-वितरणमा मात्र सीमित नभइ, तिनको सम्पूर्ण प्रयोग र सर्भिसिङ प्रक्रियालाई नै वातावरणीय रूपमा स्वच्छ र दिगो बनाउन प्रतिबद्ध रहेको बताए। 'कपन ईभी वर्कसपमा ८६.४ केडब्लूपीको रूफटप सोलार प्लान्ट स्थापना हुनु हाम्रो सोही प्रतिबद्धतातर्फको एक ऐतिहासिक कदम हो। ईभी आफैँमा वातावरणमैत्री छ, तर अब त्यसको चार्जिङ, मर्मत र सर्भिसिङ पनि सौर्य ऊर्जाबाट हुने भएकाले हामीले स्वच्छ ऊर्जालाई पूर्णता दिने प्रयासको सुरुवात कपन वर्कशपबाट गरेका छौँ,' श्रेष्ठले भने।    

त्यस्तै प्राइम रिन्युएबल्स प्रालिका अध्यक्ष आशिष गर्गले ईभी मोबिलिटीलाई ऊर्जा प्रदान गर्ने स्रोत पनि सवारीसाधन जत्तिकै स्वच्छ हुँदा मात्र वास्तविक दिगोपन हासिल गर्न सकिने बताए। 'हामी स्वच्छ सौर्य ऊर्जा उपलब्ध गराउँदै ईभी इकोसिस्टमको बाँकी कार्यसमेत कार्बन उत्सर्जनमुक्त बनाउन चाहन्छौँ। सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्सजस्तो दूरदर्शी ब्रान्डसँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको एकीकरणको सम्भावना प्रस्तुत गर्ने अवसर दिएको छ,' उनले भने, 'यसले विद्युत् खर्च घटाउन मात्र सहयोग गर्ने छैन, अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रलाई कार्बन उत्सर्जनबाट समेत अलग गर्नेछ।'

यो ऐतिहासिक पहलले नेपालको कर्पोरेट क्षेत्रमा व्यावसायिक सौर्य ऊर्जाको प्रभावकारी एकीकरणको नयाँ मानक स्थापित गरेको छ।

स्वच्छ ऊर्जा उत्पादन र अटोमोबाइल सर्भिसिङलाई एकै ठाउँमा जोड्दै सिप्रदी र प्राइम रिन्युएबल्सको यो सहकार्यले नेपाललाई शून्य-उत्सर्जनतर्फ लैजाने राष्ट्रिय लक्ष्यमा एक कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ।


प्रकाशित : सोमबार, साउन २५ २०८३१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend