बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सुनको मूल्य निरन्तर उकालो, आइतबार प्रतितोला ४ हजार ८ सयले बढ्यो

आइतबार, साउन २४ २०८३
सुनको मूल्य निरन्तर उकालो, आइतबार प्रतितोला ४ हजार ८ सयले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ७ सय रूपैयाँ कायम भएको छ।

काठमाडौं- निरन्तर उकालो लागिरहेको सुनको मूल्य आइतबार पनि वृद्धि भएको छ।

आइतबार तोलामा ४ हजार ८ सय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रूपैयाँ पुगेको छ।

गएको शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रूपैयाँ थियो। 

चाँदीको मूल्य पनि आज प्रतितोला ६५ रूपैयाँले वृद्धि भएको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ४५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५८० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, साउन २४ २०८३११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend