बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा गत आवमा ४ अर्ब ९३ करोड संकलन

आइतबार, साउन २४ २०८३
आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा गत आवमा ४ अर्ब ९३ करोड संकलन

उक्त कार्यालयको ६ अर्ब ६ करोड ८६ लाख २२ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व संकलन भएको छ।

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आर्थिक वर्षमा ४ अर्ब ९३ करोड ४६ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

उक्त कार्यालयको ६ अर्ब ६ करोड ८६ लाख २२ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व संकलन भएको छ।

उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईँका अनुसार संकलित राजस्वमध्ये आयकर २ अर्ब ४१ करोड ६१ लाख ७ हजार रूपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) १ अर्ब ६६ करोड २९ लाख ९५ हजार रूपैयाँ र अन्तःशुल्क ६७ करोड ८९ लाख ५ हजार रूपैयाँ संकलन भएको छ।

यसैगरी, भाडा आयकर ५ करोड ६६ लाख ७८ हजार रूपैयाँ, ब्याज कर ९ करोड ३६ लाख ८० हजार रूपैयाँ तथा अन्य शीर्षकमा २ करोड ६३ लाख २१ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो। रासस


प्रकाशित : आइतबार, साउन २४ २०८३१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend