बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कामना सेवा विकास बैंकले घोषणा गर्‍यो पहिलो लाभांश, सेयरधनीलाई १५ प्रतिशत नगद

आइतबार, साउन २४ २०८३
कामना सेवा विकास बैंकले घोषणा गर्‍यो पहिलो लाभांश, सेयरधनीलाई १५ प्रतिशत नगद

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंकले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंकले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको जनाएको छ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ४१९औँ बैठकले सञ्चित मुनाफाबाट प्राथमिकता प्राप्त सेयरधनीलाई ९ प्रतिशत र साधारण सेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै वितरण हुनेछ।

बैंकले अघिल्लो आर्थिक वर्षमा बोनस सेयर र नगद लाभांशसहित कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो। यसपटक भने बैंकले साधारण सेयरधनीलाई बोनस सेयरको सट्टा १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

 


प्रकाशित : आइतबार, साउन २४ २०८३०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend