बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

ठूलो ब्याट्री र उत्कृष्ट विशेषतासहित नयाँ टाटा पन्च ईभी : डर्ट टेम्पल धुलिखेलमा अफरोड टेस्ट, मूल्य नाइमामा घोषणा हुने

शनिबार, साउन २३ २०८३
ठूलो ब्याट्री र उत्कृष्ट विशेषतासहित नयाँ टाटा पन्च ईभी : डर्ट टेम्पल धुलिखेलमा अफरोड टेस्ट, मूल्य नाइमामा घोषणा हुने

याँ पन्च ईभी ४० किलोवाटको ब्याट्री प्याकमा आएको छ। यो ब्याट्री प्याकयुक्त पन्च ईभीले रियल वर्ल्डमा ३ सय २५ किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ।

काठमाडौं- टाटा मोटर्सको विद्युतीय एसयूभी नयाँ पन्च ईभी नेपाली बजारमा सफ्ट लन्च भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ पन्च ईभी सफ्ट लन्च गर्दै अफरोड परीक्षण गरेको हो।  

शुक्रबार सिप्रदीले नेपाली मिडिया तथा कन्टेन्ट क्रिएटरमार्फत नयाँ पन्च ईभीको धुलिखेलस्थित डर्ट टेम्पलमा अफरोड परीक्षण गरेको हो। यसअघिको भन्दा ५ एमएम ग्राउन्ड क्लियरेन्स बढेर १ सय ९५ एमएममा नयाँ पन्च ईभी नेपाल आएको हो। टाटाले नयाँ पन्च ईभीलाई मोर पावर मोर एसयूभी नारासहित बजारमा ल्याएको छ। 

उकालो हिलो बम्पीलगायत सम्पूर्ण प्रकारको चुनौतीपूर्ण बाटोमा सजिलै गुडाउन सकिने एसयूभीका रुपमा नयाँ पन्च ईभी एसयूभीले डर्ट टेम्पलको परीक्षणले आफूले अब्बल प्रमाणित गरेको छ। टाटा मोटर्सले नयाँ पन्च ईभीमा परिमार्जित डिजाइन, ठूलो ब्याट्री र थप विशेषता पनि थपेर बजारमा ल्याएको हो।

यसको अगाडिको डिजाइन, पछाडिको लाइट, ड्यासबोर्डलगायतका कुरामा परिमार्जन भएको छ। यो पन्च ईभीको मूल्यलगायत अन्य कुरा नाइमा मोबिलिटी एक्स्पोमा औपचारिक रुपमा सार्वजनिक गरिने सिप्रदीले जनाएको छ। नयाँ पन्च ईभी ४० किलोवाटको ब्याट्री प्याकमा आएको छ। यो ब्याट्री प्याकयुक्त पन्च ईभीले रियल वर्ल्डमा ३ सय २५ किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ। 

new tata punch.jpg

नयाँ पन्च ईभीमा ९५ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ। जसले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति केवल ९ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा ३ ड्राइभिङ मोड र ४ स्तरको रिजेनेरेटिभ ब्रेकिङ सुविधा दिइएको छ। अर्को प्रमुख विशेषताका रुपमा नयाँ पन्भ ईभीमा १ सय ९५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। नयाँ पन्च ईभीमा ४ सय ५० एमएम वाटर वेडिङ क्षमता भएकाले खराब सडक तथा पानी जमेको क्षेत्रमा पनि सहज रूपमा सञ्चालन गर्न सकिने दाबी गरिएको छ।

कम्पनीले प्रयोगकर्ताको ‘रेन्ज एन्जाइटी’ कम गर्ने उद्देश्यले नयाँ पन्च ईभीमा विभिन्न सुधार ल्याएको जनाएको छ। चार्जिङ क्षमतामा पनि उल्लेखनीय सुधार गरिएको छ। डीसी फास्ट चार्जर प्रयोग गर्दा गाडीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने कम्पनीले जनाएको छ। साथै केवल १५ मिनेट चार्ज गर्दा १ सय ३५ किलोमिटरको रेन्ज प्राप्त गर्न सकिने उल्लेख गरिएको छ। देशभर चार्जिङ पूर्वाधार विस्तार भइरहेकाले पनि अब रेन्ज समस्याका रुपमा नआउने कम्पनीले जनाएको छ।

यसमा एलईडी हेडलाइट र डीआरएल, कनेक्टेड एलईडी टेलल्याम्प, १६ इन्चसम्मका अलोय ह्विल जस्ता आकर्षक फिचर समावेश छन्। इन्टेरियरमा प्रिमियम डुअल-टोन ड्यासबोर्ड, फ्रन्ट भेन्टिलेटेड लेदरेट सिट, भ्वाइस-असिस्टेड इलेक्ट्रिक सनरुफ, १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, बिग डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायरजस्ता आधुनिक सुविधा दिइएको छ।

सुरक्षाका दृष्टिले नयाँ पन्च ईभीलाई उच्च प्राथमिकता दिइएको छ। यसमा हिल होल्ड असिस्ट, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र आइसोफिक्स चाइल्ड माउन्ट जस्ता स्ट्यान्डर्ड फिचर उपलब्ध छन्। साथै ३६० डिग्री क्यामरा उपलब्ध छ। 

टाटा पन्च ईभीले हालै गरिएको भारत एनसीएपी सेफ्टी रेटिङमा ५ स्टार रेटिङ प्राप्त गरेको छ। आगामी मंगलबारदेखि सुरु हुने नाइमा मोबिलिटी एक्सपोबाट नयाँ पन्च ईभीको बिक्री औपचारिक रुपमा सुरु हुने कम्पनीले जनाएको छ। 


प्रकाशित : शनिबार, साउन २३ २०८३१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend