बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

शनिबार, साउन २३ २०८३
बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन्।

बैतडी- सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा प्रभावकारी बन्दै गएको छ। बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन्।

जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरुका घरमै सेवा प्रदान गरिएको छ। उनले भने, 'बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौँ।'

जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ। नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उनले बताए। दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवा प्रवाह गरिरहेको छ। रासस


प्रकाशित : शनिबार, साउन २३ २०८३१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend