बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोजपुर टेम्केमैयुङमा १० करोड लागतमा आधुनिक कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

शनिबार, साउन २३ २०८३
भोजपुर टेम्केमैयुङमा १० करोड लागतमा आधुनिक कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै
फाइल तस्बिर

केन्द्र निर्माणको पाँच प्रतिशत लागत पालिकाले बेहोर्ने छ। केन्द्रको निर्माण चालु आर्थिक वर्षभित्रै प्रारम्भ गर्ने लक्ष्य छ।

भोजपुर- भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा १० करोड रूपैयाँ लागतमा आधुनिक कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, संकलनस्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधनका आवश्यक संरचना निर्माण हुने छन्।

केन्द्र निर्माणको पाँच प्रतिशत लागत पालिकाले बेहोर्ने छ। केन्द्रको निर्माण चालु आर्थिक वर्षभित्रै प्रारम्भ गर्ने लक्ष्य छ।

केन्द्र निर्माणपछि कृषिमा आधारित उद्यम विकासका साथै स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गरेर रोजगारीका अवसर बढाउने गाउँपालिकाको लक्ष्य छ। रासस


प्रकाशित : शनिबार, साउन २३ २०८३१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend