बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

काठमाडौंका यी स्थानमा आज र भोलि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहने

शनिबार, साउन २३ २०८३
काठमाडौंका यी स्थानमा आज र भोलि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहने

तोकिएको काम समयअगावै सकिएमा बत्ती अघि नै सुचारु गरिने प्राधिकरणले जनाएको छ।

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि भूमिगत केबल जडान तथा फिडर मर्मतका लागि पालोपालो बत्ती काट्ने भएको छ।

प्राधिकरणका अनुसार आज शनिबार भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ नम्बर वडा कार्यालय, १२ वर्षे इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाने छ।

यस्तै, डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो १२ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।

त्यसैगरी, भोलि आइतबार लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्‍याडिसन होटल, लाजिम्पाट मूल सडक तथा आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती जानेछ।

यद्यपि तोकिएको काम समयअगावै सकिएमा बत्ती अघि नै सुचारु गरिने प्राधिकरणले जनाएको छ।

pradhikaran.jfif


प्रकाशित : शनिबार, साउन २३ २०८३११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend