बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

निजी क्षेत्रको मागअनुसार सीपमूलक तालिम चलाउने सरकारको तयारी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २२ २०८३
निजी क्षेत्रको मागअनुसार सीपमूलक तालिम चलाउने सरकारको तयारी

रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र दक्ष जनशक्ति विकासमा सहकार्य गर्ने निर्णयसमेत भएको छ।

काठमाडौं- सरकारले निजी क्षेत्रसँगको सहकार्यमा उद्योग तथा व्यवसायको वास्तविक जनशक्ति आवश्यकताका आधारमा सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा बिहीबार विभिन्न व्यवसायी महासंघ तथा संघका पदाधिकारीसँग भएको बैठकमा तालिमप्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग प्रत्यक्ष आबद्ध गर्ने विषयमा छलफल भएको हो।

बैठकमा श्रम बजारको माग र उपलब्ध सीपबीचको अन्तर घटाउने, निजी क्षेत्रको आवश्यकता पहिचान गरी तालिम सञ्चालन गर्ने तथा तालिमपछि रोजगारीसँग जोड्ने विषयमा छलफल भएको थियो।

बैठकपछि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद, समन्वय र सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने सहमति भएको छ। रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र दक्ष जनशक्ति विकासमा सहकार्य गर्ने निर्णयसमेत भएको छ।


प्रकाशित : शुक्रबार, साउन २२ २०८३१२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend