बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सातवटा गुणस्तर मापदण्ड स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २२ २०८३
सातवटा गुणस्तर मापदण्ड स्वीकृत

परिषद्ले दुईवटा उत्पादन तथा प्रयोगसम्बन्धी र पाँचवटा रबर परीक्षणसम्बन्धी गरी सातवटा मापदण्ड स्वीकृत गरेको हो।

काठमाडौं- नेपाल गुणस्तर परिषद्को ११९औँ बैठकले पेट्रोलियम पदार्थ, पुल निर्माणमा प्रयोग हुने सामग्री र रबरजन्य वस्तुको परीक्षणसँग सम्बन्धित सातवटा गुणस्तर मापदण्ड स्वीकृत गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहित सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा पदाधिकारीको सहभागितामा बसेको बैठकले प्राविधिक समितिबाट सिफारिस भएका मापदण्डमाथि छलफल गरी स्वीकृत गरेको हो।

बैठकले मोटर ग्यासोलिनमा मिश्रणका रूपमा प्रयोग हुने एन्हाइड्रस इथानोलको स्पेसिफिकेसन र इलास्टोमेरिक ब्रिज बेयरिङको आवश्यकतासम्बन्धी मापदण्ड स्वीकृत गरेको छ।

त्यस्तै, रबरको कठोरता परीक्षणसम्बन्धी र  रबरको त्वरित एजिङ तथा ताप प्रतिरोध परीक्षणसम्बन्धी तथा रबर र थर्मोप्लास्टिकको कम्प्रेसन सेट निर्धारणसम्बन्धी  गुणस्तर पनि स्वीकृत भएका छन्।

परिषद्ले दुईवटा उत्पादन तथा प्रयोगसम्बन्धी र पाँचवटा रबर परीक्षणसम्बन्धी गरी सातवटा मापदण्ड स्वीकृत गरेको हो।


प्रकाशित : शुक्रबार, साउन २२ २०८३१०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend