बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

तातोपानी भन्सार नाकामा सुक्खा पहिरो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २२ २०८३
तातोपानी भन्सार नाकामा सुक्खा पहिरो

त्यस्तै, ड्युटी पोस्टमध्ये एउटा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्कोमा आंशिक क्षति पुगेको छ। सशस्त्र प्रहरीका सिनियर अधिकृतको बाथरुमको भित्तामा समेत प्वाल परेको छ।

काठमाडौं- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुक्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका भवन तथा संरचनामा क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

प्रहरीका अनुसार बिहान १ः१५ बजे भन्सार कार्यालयको उत्तरपश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुक्खा पहिरो खसेको थियो। पहिरोका क्रममा ढुंगा आपसमा ठोक्किँदा उछिट्टिएका ढुंगाले बीओपीका विभिन्न संरचनामा क्षति पुर्‍याएका हुन्।

पहिरोका कारण पहिलो लाइनको ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ। दोस्रो लाइनको ब्यारेकको भित्तामा प्वाल परेको छ भने जस्ताको छानोमा पनि ६ वटा प्वाल परेका छन्।

त्यस्तै, ड्युटी पोस्टमध्ये एउटा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्कोमा आंशिक क्षति पुगेको छ। सशस्त्र प्रहरीका सिनियर अधिकृतको बाथरुमको भित्तामा समेत प्वाल परेको छ।

पहिरोका क्रममा ढुंगा लागेर हिमाली ज्याकेटमा पनि क्षति पुगेको छ। राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। जिन्सी स्टोर भवनमा तीनवटा प्वाल परेका छन् भने मेनगेटअगाडिको सिँढीमा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।

घटनाबारे बीओपी तातोपानीले सम्बन्धित गणलाई जानकारी गराएको थियो। क्षतिको थप विवरण भने खुलाइएको छैन।


प्रकाशित : शुक्रबार, साउन २२ २०८३१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend