काठमाडौं- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए।
साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा चयन भएका हुन्। निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले यही साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सिफारिस गरेको थियो।
धनुषाको नगराइन नगरपालिका-३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।