बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पुससम्म बक्यौता तिर्ने ग्राहकलाई जरिवाना छुट दिने नेपाल टेलिकमको घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २१ २०८३
पुससम्म बक्यौता तिर्ने ग्राहकलाई जरिवाना छुट दिने नेपाल टेलिकमको घोषणा

नेपाल टेलिकमले विभिन्न दूरसञ्चार सेवा प्रयोग गरेपछि महशुल नतिरेका ग्राहकलाई लक्षित गर्दै जरिवाना छुटको व्यवस्था गरेको हो। कम्पनीले समयमै बक्यौता चुक्ता गरी थप आर्थिक भारबाट जोगिन ग्राहकलाई आग्रह गरेको छ।

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता महशुल २०८३ पुस मसान्तभित्र बुझाएमा त्यसमा लाग्ने जरिवाना छुट दिने भएको छ। 

तोकिएको अवधिभित्र पनि बक्यौता नतिर्ने ग्राहकको नाम, थर र ठेगाना सार्वजनिक गरी असुली प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

कम्पनीले सार्वजनिक सूचना जारी गर्दै बक्यौता रहेका ग्राहकलाई पुस मसान्तभित्र रकम भुक्तानी गरी जरिवाना छुटको सुविधा लिन आग्रह गरेको हो। छुट सुविधा प्राप्त गर्न सम्बन्धित ग्राहकले नजिकको नेपाल टेलिकमको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

टेलिकमका अनुसार म्यादभित्र पनि बक्यौता नतिर्ने ग्राहकको विवरण कम्पनीको वेबसाइट तथा राष्ट्रिय पत्रपत्रिकामार्फत सार्वजनिक गरिनेछ। त्यसपछि प्रचलित कानुनबमोजिम बक्यौता असुली प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले विभिन्न दूरसञ्चार सेवा प्रयोग गरेपछि महशुल नतिरेका ग्राहकलाई लक्षित गर्दै जरिवाना छुटको व्यवस्था गरेको हो। कम्पनीले समयमै बक्यौता चुक्ता गरी थप आर्थिक भारबाट जोगिन ग्राहकलाई आग्रह गरेको छ।


प्रकाशित : बिहीबार , साउन २१ २०८३११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend