बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेप्से परिसूचक सामान्य बढ्यो, ४ अर्ब ४० करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २० २०८३
नेप्से परिसूचक सामान्य बढ्यो, ४ अर्ब ४० करोड रुपैयाँको कारोबार

आज नेप्सेमा १ सय २० कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ४५ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५० कम्पनीको १ करोड ६६ हजार ९ सय २६ कित्ता सेयर ६१ हजार २ सय ५७ पटक किनबेच भएको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ।

आज नेप्से परिसूचक ४.७९ अंक अर्थात् ०.१८ प्रतिशतले बढेर २६६७.९७बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक अर्थात् ०.७८ प्रतिशतले घटेर २६६३.१८ बिन्दुमा पुगेको थियो।

आज नेप्सेमा १ सय २० कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ४५ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५० कम्पनीको १ करोड ६६ हजार ९ सय २६ कित्ता सेयर ६१ हजार २ सय ५७ पटक किनबेच भएको छ।

आज ४ अर्ब ४० करोड ९५ लाख ९५ हजार ४ सय ९० रूपैयाँको कारोबार भएको छ। अधिल्लो कारोबार दिन ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६ सय १० रूपैयाँको भएको थियो।

आज सोलु हाइड्रोपावर लिमिटेड १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा पनि सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेड को ५८ करोड १० लाख ८० हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। ८ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.६० प्रतिशत बढेको छ।


प्रकाशित : बुधबार, साउन २० २०८३१५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend