काठमाडौं- लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङकी उक्याव नियुक्त भएकी छिन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको सीईओमा याङकीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
लगानी बोर्डको सीईओका लागि गठित सिफारिस समितिले जेठ २९ गते सर्टलिस्ट सार्वजनिक गरेको थियो।
सर्टलिस्टमा परेका ८ जना उम्मेदवारहरू सुमनमान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, याङ्की उक्याब, बखतबहादुर शाही, मनोज पौडेल, ई. मधुप्रसाद भेटुवाल रहेका थिए।
समितिले अन्तर्वार्ता र मूल्यांकनपछि याङ्की उक्याब, मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। तीमध्येबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा याङ्की सीईओ नियुक्त भएकी हुन्।