काठमाडौं- नेपाल टेलिकमले आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा उपभोग गरेबापतको तिर्न बाँकी रहेको बक्यौता महसुल भुक्तानीमा लाग्ने जरिवाना छुट दिने भएको छ।
सेवा उपभोगबापतको आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम यो वर्षको पुस मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना ग्राहकलाई छुट दिने टेलिकमले घोषणा गरेको हो।
साथै, तिर्न बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकको नामसहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक गरी असुली प्रक्रिया अगाडि बढाइने टेलिकमद्वारा जारी सूचनामा उल्लेख छ।