बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै, बैंकर्सले उठाएका मुद्दामा समाधान खोजिने

बुधबार, साउन २० २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै, बैंकर्सले उठाएका मुद्दामा समाधान खोजिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग बुधबार छलफल सुरु गर्नुभएको छ। अर्थ मन्त्रालयमा बिहान १० बजेदेखि सुरु भएको छलफलमा मुलुकको समग्र वित्तीय अवस्था, मौद्रिक नीति कार्यान्वयन तथा बैंकिङ क्षेत्रका चुनौतीबारे समीक्षा भइरहेको छ।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग बुधबार छलफल सुरु गर्नुभएको छ। अर्थ मन्त्रालयमा बिहान १० बजेदेखि सुरु भएको छलफलमा मुलुकको समग्र वित्तीय अवस्था, मौद्रिक नीति कार्यान्वयन तथा बैंकिङ क्षेत्रका चुनौतीबारे समीक्षा भइरहेको छ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा भइरहेको छलफलमा देशको वित्तीय अवस्थाको गहिरो जानकारी राख्ने तथा मौद्रिक उपकरणको कार्यान्वयनमा प्रत्यक्ष संलग्न रहेका कार्यकारी निर्देशकहरूसँग अर्थतन्त्रका विद्यमान समस्या पहिचान गर्ने र समाधानका उपायबारे छलफल केन्द्रित हुने जनाइएको छ।

अर्थमन्त्री वाग्लेले यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमित रूपमा छलफल गर्दै आए पनि सबै कार्यकारी निर्देशकसँग एकैपटक औपचारिक बैठक आयोजना भएको सम्भवतः यो पहिलो पटक हो।

मंगलबार अर्थमन्त्री वाग्लेले २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग पनि छुट्टै छलफल गरेका थिए। उक्त छलफलमा बैंकर्सले खराब ऋणमाथिको प्रोभिजनिङ नीति पुनरावलोकन, गैरबैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) स्थापना, चालु पुँजी कर्जा व्यवस्था, कालोसूची प्रणाली, कर्जा विस्तारमा देखिएका अवरोधलगायत विषय उठाएका थिए।

बुधबारको बैठकमा ती विषयमा नेपाल राष्ट्र बैंकको धारणा, सम्भावित नीतिगत सुधार तथा कार्यान्वयनका विकल्पबारे पनि छलफल हुने र आवश्यक समन्वयमार्फत समाधानका लागि पहल गरिने अपेक्षा गरिएको छ।


प्रकाशित : बुधबार, साउन २० २०८३१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend