बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

विराटनगर नाकाबाट एक वर्षमा तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

मंगलबार, साउन १९ २०८३
विराटनगर नाकाबाट एक वर्षमा तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

सो अवधिमा ती पर्यटकबाट ८६ लाख ६५ हजार रूपैयाँ राजस्व प्राप्त भएको कार्यालयका प्रवक्ता युवराज पोखरेलले जानकारी दिए।

विराटनगर- मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय विराटनगरले जनाएको छ।

उक्त आर्थिक वर्षमा नेपाल भित्रिने पर्यटकमध्ये १३६ जना पुरुष र ७४ जना महिला छन्। सोही आर्थिक वर्षमा विराटनगर नाकाबाट भारतबाहेक तेस्रो मुलुक जाने पर्यटकको सङ्ख्या ३०० रहेको छ। त्यसमध्ये १५० महिला र १५० जना पुरुष छन्।

सो अवधिमा ती पर्यटकबाट ८६ लाख ६५ हजार १८५ रूपैयाँ राजस्व प्राप्त भएको कार्यालयका प्रवक्ता युवराज पोखरेलले जानकारी दिए।

उनका अनुसारमा आर्थिक वर्ष २०८१/८२ मा त्यस नाकाबाट १६८ पर्यटक नेपाल प्रवेश गरेका थिए। त्यसमध्ये महिला ७९ जना र पुरुष ८९ जना थिए। त्यस वर्ष पर्यटकबाट ६७ लाख ८२ हजार ५२५ रूपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : मंगलबार, साउन १९ २०८३१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend