बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

मंगलबार, साउन १९ २०८३
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
फाइल तस्बिर

यस वर्ष समयमै मनसुन सक्रिय भएकाले अधिकांश किसानले अनुकूल समयमा धान रोपाइँ गर्न पाएका छन्।

भद्रपुर- झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार साउन १८ गतेसम्म जिल्लाको करिब ९४ प्रतिशत धानखेतीयोग्य क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ।

स्थानीय तहअनुसार सबैभन्दा कम गौरीगञ्ज गाउँपालिका मा ८५ प्रतिशत रोपाइँ भएको छ भने दमक र कन्काई नगरपालिका मा ९८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।

बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र गतिमा भइरहेको र आगामी हप्ताभित्र जिल्लाभर धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ।

झापामा कूल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ, जुन जिल्लाको कुल भू-भागको करिब ७६ प्रतिशत हो। धान उत्पादनका हिसाबले झापा देशकै प्रमुख जिल्लामध्ये एक मानिन्छ।

यस वर्ष समयमै मनसुन सक्रिय भएकाले अधिकांश किसानले अनुकूल समयमा धान रोपाइँ गर्न पाएका छन्। रासस


प्रकाशित : मंगलबार, साउन १९ २०८३११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend