बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने

मंगलबार, साउन १९ २०८३
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने

समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ।

काठमाडौं- भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानूनबमोजिम कारबाही गरिने जनाएको छ।

समितिका अनुसार, देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निःशुल्क रूपमा निस्सा वितरण भइरहेको छ। निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको उक्त समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समितिमार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमनसमेत गरिएको जनाएको छ।

समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैरकानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ।

त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानूनबमोजिम अनुसन्धान गरी कारबाही गरिने चेतावनी दिँदै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपरी आधिकारिक प्रक्रियाबाट मात्र सेवा लिन आग्रह गरेको छ। रासस


प्रकाशित : मंगलबार, साउन १९ २०८३१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend