काठमाडौं- साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा बैंकले १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६४ करोड ५६ लाख २७ हजार रुपैयाँको तुलनामा ८२.९६ प्रतिशतको वृद्धि हो।
नेपाल राष्ट्र बैंकको नियमनकारी समायोजनपश्चात् बैंकको कुल वितरणयोग्य मुनाफा ८४ करोड ६४ लाख ९८ हजार रुपैयाँ पुगेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा १६.८६ रुपैयाँ कायम भएको छ।
समीक्षा वर्षमा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब १६ करोड ७९ लाख १२ हजार रुपैयाँ र खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड ६७० लाख ३ हजार रुपैयाँ रहेको छ।
बैंकको कुल सम्पत्ति अघिल्लो वर्षको ८० अर्ब ३५ करोड ३२ लाख रुपैयाँबाट बढेर ८७ अर्ब ७० करोड ४१ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकले ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २६ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७३० रुपैयाँ रहेको छ भने जगेडा कोष २ अर्ब १४ करोड ८ लाख रुपैयाँ पुगेको छ।
वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २३.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ, मूल्य-आम्दानी अनुपात १७.६४ गुणा, र तरलता अनुपात २७.३२ प्रतिशत रहेको छ।
वित्तीय जोखिम तथा परिसूचकहरूको व्यवस्थापनमा बैंकले सन्तुलित स्थिति देखाएको छ। असार मसान्तसम्ममा बैंकको निष्कृय कर्जा अनुपात ४.९३ प्रतिशत रहेको छ भने कुल निष्कृय कर्जामा असुली तथा व्यवस्थापनका लागि ८४.३९ प्रतिशत प्रोभिजनिङ गरिएको छ।
बैंकको पुँजी कोष अनुपात १३.७० प्रतिशत, पुँजी कोष १०.८५ प्रतिशत र प्राथमिक पुँजी कोष १०.८५ प्रतिशत रहेको छ।
यसैगरी बैंकको सीडी रेसियो ८४.१८ प्रतिशत, बेस रेट ५.३८ प्रतिशत, कोषको लागत ४.६८ प्रतिशत, नेट इन्टरेस्ट स्प्रेड ४.०१ प्रतिशत, इक्विटीमा प्रतिफल १५.३५ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.४१ प्रतिशत कायम भएको छ।