बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एनएमबी बैंकको नाफा ४ अर्ब नाघ्यो, वितरणयोग्य नाफा पौने २ अर्ब

मंगलबार, साउन १९ २०८३
एनएमबी बैंकको नाफा ४ अर्ब नाघ्यो, वितरणयोग्य नाफा पौने २ अर्ब

एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ४०.६० प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

काठमाडौं- एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ४०.६० प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नियामकीय समायोजन तथा आवश्यक कोष व्यवस्थापनपछि साधारण सेयरधनीका लागि उपलब्ध वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। प्रतिसेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ८ अर्ब २ करोड रुपैयाँ थियो। फि तथा कमिसन आम्दानी पनि २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन नाफामा समेत उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष ४ अर्ब ७३ करोड रुपैयाँ रहेको सञ्चालन नाफा बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन २९.०६ प्रतिशतको वृद्धि हो।

व्यवसाय विस्तारतर्फ बैंकको ग्राहक निक्षेप ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ थियो। ग्राहकलाई प्रवाह गरिएको कर्जा पनि २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब ७५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको कुल सम्पत्ति ३ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ कायम रहँदा सञ्चित नाफा र अन्य जगेडा कोषसहित कुल जगेडा १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा (एनपीएल) ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। तर सम्भावित कर्जा नोक्सानी व्यवस्था ९२.५७ प्रतिशत कायम रहेकाले बैंकको जोखिम व्यवस्थापन सुदृढ रहेको देखिन्छ।

समग्रमा, आर्थिक वर्ष २०८२/८३ मा एनएमबी बैंकले नाफा, ब्याज आम्दानी, सञ्चालन नाफा, निक्षेप, कर्जा विस्तार र कुल सम्पत्तिलगायत अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै बलियो वित्तीय प्रदर्शन गरेको देखिएको छ।


प्रकाशित : मंगलबार, साउन १९ २०८३०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend