काठमाडौं- नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा, लघु जीवन बीमा तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा कम्पनीहरूले कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
यो अवधिमा १ करोड ६७ लाख ९२ हजार २ सय ३० वटा सक्रिय बीमालेख कायम रहेका छन्। असार मसान्तसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरूले कुल २ खर्ब १९ करोड १० लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन्। जसमा ४३ अर्ब ४ करोड ३० लाख रूपैयाँ प्रथम बीमा शुल्क र १ खर्ब ५० अर्ब ६१ करोड ५८ लाख रूपैयाँ नवीकरण बीमा शुल्क रहेको छ।
कम्पनीगत रूपमा हर्दा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५३ अर्ब ६८ करोड ८५ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ। यसको सक्रिय बीमालेख संख्या १९ लाख ८२ हजार ९ सय २३ पुगेको छ।
त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड ५७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले २१ अर्ब २३ करोड ३३ लाख, हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५८ लाख, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६३ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।
सानिमा रिलायन्स लाइफले ९ खर्ब ९२ करोड ४७ लाख, रिलायबल नेपाल लाइफले ६ अर्ब ४२ करोड ०६ लाख, एसियन लाइफले १० अर्ब ४३ करोड ६४ लाख, आइएमई लाइफले ७ अर्ब ४५ करोड ४९ लाख रूपैयाँ बीमा शुल्क संकलन भएको छ।
सिटिजन लाइफले ९ अर्ब ९६ करोड ६९ लाख, मेट लाइफले ६ अर्ब ६६ करोड ०३ लाख, सन नेपाल लाइफले ४ अर्ब ६३ करोड ९० लाख, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६९ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ९ खर्ब ६४ करोड ५० लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।
लघु जीवन बीमकतर्फ गार्डियन माइक्रो लाइफ, क्यापिटल माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स गरी तीन वटा कम्पनीहरूले असार मसान्तसम्ममा कुल १ अर्ब २१ करोड ०८ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन्। जसमा १ अर्ब १० करोड ६१ लाख रूपैयाँ प्रथम बीमा शुल्क र १० करोड ४७ लाख रूपैयाँ नवीकरण बीमा शुल्क रहेको छ।
कम्पनीहरूमा कुल २४ लाख ९३ हजार ३ सय ४७ वटा सक्रिय बीमालेखहरू कायम भएका छन्। जसमा गार्डियन माइक्रो लाइफले ४२ करोड ६९ लाख, क्यापिटल माइक्रो लाइफले ४१ करोड ५० लाख र लिबर्टी माइक्रो लाइफले ३६ करोड ८८ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।
यसैगरी वैदेशिक रोजगार म्यादी जीवन बीमातर्फ असार मसान्तसम्ममा कुल ३३ अर्ब ६ करोड ७० लाख रूपैयाँ प्रथम बीमा शुल्क संकलन भएको छ। भने यस अन्तर्गत २४ लाख ४८ हजार ४ सय ९२ वटा सक्रिय बीमालेखरहेका छन्।
