बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

महुली लघुवित्तको नाफा १०३६ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ २२७ रूपैयाँ

सोमबार, साउन १८ २०८३
महुली लघुवित्तको नाफा १०३६ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ २२७ रूपैयाँ

नाफामा व्यापक सुधार आएसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४९.८८ रूपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष ४.६० रूपैयाँमात्र रहेको थियो।

काठमाडौं- महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र प्रतिसेयर आम्दानीमा व्यापक वृद्धि देखिएको छ। संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा लघुवित्तले १९ करोड ३२ लाख ७८ हजार २१३ रूपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १०३६.४० प्रतिशत अर्थात् १० गुणाभन्दा बढीले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ करोड ७० लाख ७ हजार ९ सय ६४ रूपैयाँ खुद नाफा कमाएको थियो।

नाफामा व्यापक सुधार आएसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४९.८८ रूपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष ४.६० रूपैयाँमात्र रहेको थियो। त्यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ २२७.८९ रूपैयाँ, मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) ५४.८८ र तरलता अनुपात २४.४५ प्रतिशत रहेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४९ करोड ७४ लाख ३५ हजार ४४१ रूपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष ३५ करोड ५९ लाख ६३ हजार ५ सय ६९ रूपैयाँ रहेको थियो। संस्थाको सञ्चालन नाफा (ओपरेटिङ प्रोफिट) २७ करोड ६१ लाख ११ हजार ७ सय ३३ रूपैयाँ रहेको छ। अघिल्लो वर्ष २ करोड २३ लाख ५७ हजार १ सय ४५ रूपैयाँ ऋणात्मक रहेको थियो।

हाल महुली लघुवित्तको चुक्ता पुँजी ३८ करोड ७४ लाख ९४ हजार ८६६ रूपैयाँ रहेको छ भने जगेडा कोष तथा अन्य कोषमा ३३ करोड ६ लाख २५ रूपैयाँ सञ्चित छ। संस्थाले २ अर्ब ७ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरी ६ अर्ब १७ करोड ३९ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झरेको छ। त्यस्तै संस्थाको आधार दर (बेस रेट) ११.३० प्रतिशत, फण्डको लागत (कस्ट अफ फण्ड्स) ६.३२ प्रतिशत र पुँजी कोष अनुपात (क्यापिटल फण्ड टू आरडब्लुए) १०.६१ प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, साउन १८ २०८३१४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend