काठमाडौं- बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य यो साता आइतबार प्रतितोला १ हजार ८ सय रूपैयाँले घटेको छ।
आइतबारका लागि सुनको मूल्य २ लाख ८३ हजार २ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुन २ लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी आज प्रतितोला ४५ रूपैयाँले सस्तिएको छ। चाँदी आज प्रतितोला ४ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ।