बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १७ २०८३
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात

आर्थिक वर्ष २०८१/८२ मा पेट्रोल आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल सात अर्ब तीन करोड ३२ लाख १९ हजार रुपैयाँबराबरको आयात भएको थियो।

झापा- काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल ९ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा पेट्रोल आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल सात अर्ब तीन करोड ३२ लाख १९ हजार रुपैयाँबराबरको आयात भएको थियो।

कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व संकलन भएको छ। रासस


प्रकाशित : आइतबार, साउन १७ २०८३१०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend