काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकको हिमपहिरोमा परी विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन भएको छ। ब्रडपिक आरोहणका क्रममा उनको निधन भएको उनी संस्थापक रहेको कम्पनी एलिट एक्स्पेडले पुष्टि गरेको छ।
ब्रड पिक हिमालमा आएको हिमपहिरोमा परी बिहीबारदेखि नै पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। बेपत्तामध्ये चार जनाको शव शुक्रबार नै फेला परेको थियो। बाँकीको पनि मृत्यु भएको पुष्टि भएको छ।
सो हिमपहिरोमा निर्मल पुर्जासँगै ६ जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् ।
त्यसैगरी, विदेशी आरोहीहरू सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान), म्यालोरी गेइस (अमेरिका) छन्।
८,०४७ मिटर अग्लो ब्रड पिक विश्वको १२औँ अग्लो हिमाल हो। पाकिस्तानको उत्तरी काराकोरम क्षेत्रमा रहेको यो हिमाल प्राविधिक रूपमा कठिन र जोखिमपूर्ण आरोहण गन्तव्यका रूपमा परिचित छ।