बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सीमा नाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

शनिबार, साउन १६ २०८३
सीमा नाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

काँकरभिट्टा नाकास्थित एकीकृत जाँच एकाइमा मेची भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोलीले यात्रु तथा मालवस्तुको नियमित जाँच गर्दै आएको छ।

झापा- नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैधरूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेयपदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रञ्जन आवाका अनुसार संयुक्त चेकजाँचका क्रममा बरामद गरिएका करिब ६ लाख ६५ हजार रूपैयाँबराबरका पेयपदार्थ शुक्रबार मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा नष्ट गरिएको हो।

नष्ट गरिएका सामग्रीमा कोक, फेन्टा, डिउ, चिसो, स्प्राइटलगायत पेयपदार्थ रहेका छन्। ती सामग्री नेपालमा आयात प्रतिबन्धित वा उपभोगका लागि उपयुक्त नभएकाले कानूनी प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

काँकरभिट्टा नाकास्थित एकीकृत जाँच एकाइमा मेची भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोलीले यात्रु तथा मालवस्तुको नियमित जाँच गर्दै आएको छ।

प्रहरी नायब उपरीक्षक आवाले सीमानाकाबाट हुने अवैध सामानको ओसारपसार नियन्त्रणका लागि संयुक्त निगरानी निरन्तर जारी रहेको भन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कानूनी कारबाही गरिने भएकाले सबै यसतर्फ सचेत र जिम्मेवार हुनुपर्ने बताए। रासस


प्रकाशित : शनिबार, साउन १६ २०८३१५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend