बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

वीरगञ्जमा निषेधाज्ञा अवधि थप, भोलि बिहानसम्मका लागि लम्ब्याइयो

शुक्रबार, साउन १५ २०८३
वीरगञ्जमा निषेधाज्ञा अवधि थप, भोलि बिहानसम्मका लागि लम्ब्याइयो

ती स्थानमा पाँच जनाभन्दा बढी मानिसहरु जम्मा/भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको छ।

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज साँझ ५ बजेदेखि लागु हुनेगरी पूर्वतर्फ प्रतिमा चौक (बसपार्क बाइपास रोड), तिलावे पुल (पश्चिम), गण्डक चौक (उत्तर) र शंकराचार्य गेट (दक्षिण) मा भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती चार स्थानमा पाँच जनाभन्दा बढी मानिसहरु जम्मा/भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो।

उक्त आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ कानूनबमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिएको छ।

बिहीबार (हिजो) पनि सोही समयमा सोही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। रासस 


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend