बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु

शुक्रबार, साउन १५ २०८३
जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु

उत्पादकहरूले ‘क्यस आर कोड’ स्क्यान गरेर वेबसाइटमार्फत आफ्नो विवरण अनलाइन दर्ता गर्न सक्नेछन्।

काठमाडौं- व्यावसायिक प्रांगारिक तथा जैविक मल उत्पादकको विवरण संकलन अभियान सुरु भएको छ।

प्रांगारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकबीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जानकारी दिइन्।

मन्त्री चौधरीले प्रांगारिक मल, भर्मी कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिकरूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त उद्योग वा फर्म सञ्चालन गरिरहेका सबै उत्पादकलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गराउन आग्रह गरेकी छिन्।

उत्पादकहरूले ‘क्यस आर कोड’ स्क्यान गरेर वेबसाइटमार्फत आफ्नो विवरण अनलाइन दर्ता गर्न सक्नेछन्। विवरण दर्ता गर्ने अन्तिम मिति २०८३ साउन २१ गते (बिहीबार) सम्म छ।

मन्त्रालयले सबै व्यावसायिक प्रांगारिक तथा जैविक मल उत्पादकलाई समयमै विवरण दर्ता गराई दिगो कृषि विकास, माटोको उर्वराशक्ति संरक्षण तथा प्रांगारिक कृषि प्रवर्द्धनको अभियानमा सहभागी हुन आह्वान गरेको हो। रासस


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend