बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

१२ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १५ २०८३
१२ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार

आज नेप्सेमा १ सय ८० कम्पनीको सेयर मूल्य बढेको छ।  ८२ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ३७ कम्पनीको ४८ लाख ५१ हजार २ सय १६ कित्ता सेयर ४६ हजार ७ सय ५२ पटक किनबेच भएको छ।

काठमाडौं- साताको पाँचौ तथा अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ।

पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने बढेर बन्द भएको हो।

आज नेप्से परिसूचक १२.९६ अंक अर्थात् ०.४८ प्रतिशतले बढेर २६८५.५४ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक १६.२९ अंक अर्थात् ०.६० प्रतिशतले घटेर २६७२.५८ झरेको थियो।

आज नेप्सेमा १ सय ८० कम्पनीको सेयर मूल्य बढेको छ।  ८२ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ३७ कम्पनीको ४८ लाख ५१ हजार २ सय १६ कित्ता सेयर ४६ हजार ७ सय ५२ पटक किनबेच भएको छ।

आज ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ४ सय ४० रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन  ३ अर्ब ३८ करोड १३ लाख १८ हजार २ सय ४८ रूपैयाँको बराबरको कारोबार भएको थियो।

एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ।  कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको १७ करोड २६ लाख ३१ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। ११ उपसमूहमको परिसूचक बढेको छ। २ उपसमूहको परिसूचक घटेकको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन ०.९३ प्रतिशत बढेको छ।


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend