बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

देवानगञ्ज घटनाका मृतकका परिवारलाई कोशी सरकारको दुई लाख रूपैयाँ राहत

शुक्रबार, साउन १५ २०८३
देवानगञ्ज घटनाका मृतकका परिवारलाई कोशी सरकारको दुई लाख रूपैयाँ राहत

साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई ५० हजार रूपैयाँ प्रदान गरिने भएको छ।

विराटनगर- कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही दुई लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई ५० हजार रूपैयाँ प्रदान गरिने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो। रासस


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend