बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १५ २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

भण्डारी यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त भएका थिए।

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकमसँग सम्बन्धित प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार स्मार्ट टेलिकमको ऋण तथा त्यससँग सम्बन्धित अनुसन्धानका क्रममा भण्डारीलाई पक्राउ गरिएको हो। उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ।

भण्डारी यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त भएका थिए।

स्मार्ट टेलिकमको वित्तीय दायित्व र नियामकीय प्रक्रियासम्बन्धी विषयमा लामो समयदेखि विभिन्न निकायबाट अनुसन्धान हुँदै आएको छ। यसैक्रममा सीआईबीले पछिल्लो कारबाहीस्वरूप पूर्वअध्यक्ष भण्डारीलाई नियन्त्रणमा लिएको हो।


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१२:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend