बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मार्जिन लेन्डिङ कार्यान्वयनतर्फ सेबोन, 'कन्सल्टेसन पेपर' सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १५ २०८३
मार्जिन लेन्डिङ कार्यान्वयनतर्फ सेबोन, 'कन्सल्टेसन पेपर' सार्वजनिक

बोर्डले नेपालको धितोपत्र बजारमा मार्जिन लेण्डिङ, धितोपत्र उधारो तथा सापटी र शर्ट सेलिङ्गको लागि गर्नुपर्ने नीतिगत, कानूनी, संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणापत्र, २०८३ जारी गर्दै सर्वसाधारण तथा सम्बन्धित निकायहरूसँग सुझाव मागेको हो।

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारमा नयाँ धितोपत्र वित्तीय सेवाहरू सञ्चालनका लागि बजारको तयारी बुझ्न र सरोकारवालाहरूबाट राय तथा सुझाव लिन अवधारणापत्र सार्वजनिक गरेको छ। 

बोर्डले नेपालको धितोपत्र बजारमा मार्जिन लेण्डिङ, धितोपत्र उधारो तथा सापटी र शर्ट सेलिङको लागि गर्नुपर्ने नीतिगत, कानूनी, संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणापत्र, २०८३ जारी गर्दै सर्वसाधारण तथा सम्बन्धित निकायहरूसँग सुझाव मागेको हो।

नेपाल सरकारको आव २०८३/८४ को बजेट वक्तव्य र बोर्डको नीति तथा कार्यक्रममा इन्ट्राडे, सर्ट सेलिङ, डेरिभेटिभ र मार्जिन लेण्डिङ जस्ता उपकरणहरू चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो। 

सोही घोषणालाई कार्यान्वयन गर्दै विश्वव्यापी पुँजी बजारको अनुभव अनुरूप नेपालको पुँजी बजारलाई थप गहिरो, प्रतिस्पर्धी, सुरक्षित र आधुनिक बनाउन बोर्डले यो कदम चालेको हो।

बोर्डले तयार पारेको अवधारणापत्रमा नेपालको पुँजी बजारको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अनुभव र असल अभ्यास, नियामकीय प्रभाव विश्लेषण तथा नेपालका लागि उपयुक्त नीति सिफारिशहरू समावेश गरिएका छन्।

यसका साथै नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, ब्रोकर, बैंक तथा वित्तीय संस्था र संस्थागत लगानीकर्ताहरूको भूमिका स्पष्ट पार्दै कानूनी सुधार, प्रविधि आधुनिकीकरण र लगानीकर्ता शिक्षाको चरणबद्ध रणनीति समेटिएको छ।


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१२:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend