बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

विद्युतीय एयर ट्याक्सीको दौडमा एयर इन्डिया, स्काइड्राइभसँग सहकार्य

मेडिकल सामग्रीको ढुवानीलक्षित सेवाको तयारी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १५ २०८३
विद्युतीय एयर ट्याक्सीको दौडमा एयर इन्डिया, स्काइड्राइभसँग सहकार्य

इन्डिगो समूहको एयर ट्याक्सी सेवामा केन्द्रित रहेको छ। इन्डियाले पहिलो चरणमा आकस्मिक स्वास्थ्य सामग्रीको हवाई ढुवानीलाई प्राथमिकता दिएको छ।

काठमाडौं- भारतको वायुसेवा कम्पनी एयर इन्डिया पनि विद्युतीय एयर ट्याक्सीको दौडमा उत्रिएको छ।  विद्युतीय ऊर्जाबाट सञ्चालने हुने ठाडै उड्न र अवतरण गर्न सक्ने जहाज (इलेक्ट्रिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) प्रयोग गरेर आकस्मिक स्वास्थ्य सामग्री ढुवानी गर्न सकिने सम्भावनाबारे अध्ययन सुरू गर्नका लागि जापनिज कम्पनीसँग एयर इन्डियाले सम्झौता गरेको छ। 

एयर इन्डियाले जापानको स्काइड्राइभ र सुजुकी मोटर कर्पोरेसनसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। सम्झौता अनुसार सडक ट्राफिकको अवरोध छल्दै उच्च मूल्यका तथा तत्काल आवश्यक पर्ने स्वास्थ्य सामग्री छिटो गन्तव्यसम्म पुर्‍याउन यस्तो जाज प्रयोग गर्न सकिने सम्भावनाको खोजी हुने भएको छ।  अंग प्रत्यारोपणसम्बन्धी सामग्री, रगत, औषधि तथा अन्य आकस्मिक स्वास्थ्य सामग्रीको आपूर्ति यसको प्राथमिकतामा हुनेछ। 

स्काइड्राइभले प्रविधि, एयर इन्डियाले सञ्चालन अनुभव तथा विमानस्थल पूर्वाधारसम्बन्धी ज्ञान र सुजुकीले भारतीय बजारसम्बन्धी अनुभवको उपयोग गर्नेछ। आकस्मिक स्वास्थ्य सामग्रीको ढुवानी समय घटाएर स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी बनाउनेगरी यो अध्ययन हुनेछ। 

एयर इन्डियाका कार्गो प्रमुख रमेश मामिडालाले भारत विश्वकै तीव्र गतिमा विस्तार भइरहेको हवाई बजारमध्ये एक भएकाले अत्याधुनिक हवाई सेवा  यातायात प्रणालीको स्वाभाविक विस्तार हुने बताए। 

स्काइड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोमोहिरो फुकुजावाले भारतका सहरमा बढ्दो ट्राफिक जामले हवाईमार्फत स्वास्थ्य सामग्री ढुवानीको आवश्यकता बढाएको बताए। 

भारतमा ‘एड्भान्स्ड एयर मोबिलिटी’ क्षेत्रमा प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको छ। इन्डिगोको मातृ कम्पनी इन्टरग्लोब इन्टरप्राइजेजले अमेरिकी कम्पनी आर्चर एभिएसनसँग सहरी विद्युतीय एयर ट्याक्सी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ। इन्डिगो समूहकै अर्को कम्पनीले बेंगलुरुस्थित सारला एभिएसनसँग पनि सहकार्य अघि बढाएको छ।

इन्डिगो समूहको एयर ट्याक्सी सेवामा केन्द्रित रहेको छ। इन्डियाले पहिलो चरणमा आकस्मिक स्वास्थ्य सामग्रीको हवाई ढुवानीलाई प्राथमिकता दिएको छ।

भारतमा यो  प्रविधिमा आधारित आकस्मिक स्वास्थ्य सामग्री ढुवानी सफल भए नेपालमा पनि यसको सम्भावनाबारे बहस बढ्न सक्छ। सडक पहुँच कमजोर रहेका हिमाली र पहाडी जिल्लामा रगत, खोप, अंग प्रत्यारोपणसम्बन्धी सामग्री तथा अत्यावश्यक औषधि छिटो पुर्‍याउन यस्तो प्रविधि दीर्घकालीन विकल्प बन्न सक्छ।


प्रकाशित : शुक्रबार, साउन १५ २०८३११:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend